चीन, अमेरिका र भारतको रणनीतिक द्वन्द्व त्रिकोण

‘के तपाइँ लिङ्कन हाउसको बिक्री टुंग्याउनुलाई भारतसँगको सम्बन्धमा आफ्नो प्राथमिकताको रूपमा लिनुहुन्छ र भारतमा अमेरिकी राजदुतलाई पनि त्यसलाई आफ्नो प्राथमिकता बनाउने निर्देशन दिनुहुन्छ ?’ () भन्ने प्रश्न जनवरी १९का दिन अमेरिकाको विदेशमन्त्रीको पदको योग्यता र नीतिगत प्राथमिकताका क्षेत्रमा सिनेटमा सुनुवाईको क्रममा एकजना रिपब्लिकन सिनेटर जेम्स ई. रिशले एन्टोनी ब्लिङ्केनलाई सोधे।

हो दिन्छु’, ब्लिङ्केनको उत्तर थियो ()

 लिङ्कन हाउस मुम्बईमा अरेबियन समुद्र तट निकटको कुनै सन् १९३० ताका निर्मित पूर्व भारतीय महाराजको भव्य तीनतले भवन थियो।

 अमेरिकी कन्सुलेटले नौ सय बर्षकोलागि उक्त भवन लिजमा लिएको थियो।

पछि अमेरिकाले आफ्नो कसुलर कार्यालयकोलागि अर्कै नयाँ भवन बनायो र भारतको विश्व विख्यात खोप निर्माण कम्पनी सेरम इन्स्टिच्युटको मूख्य कार्यकारी अधिकारी तथा विश्वकाखोप सम्राटभनेर समेत सम्वोधन समेत गरिने अदार पुनमवालालाई सन् २०११ मा ११ करोड डलरमा बेचेको थियो

तर भारत सरकारले उक्त भवन बिक्रीकोलागि अनुमति दिएको छैन।

पुनमवाला र अमेरिकी कन्सुलर कार्यालयवीचको लेनदेन सम्बन्धी सम्झौताको अवधि भुक्तान हुँदैछ

 त्यत्रो ठूलो मोलको अर्को ग्राहक सजिलै भेटिन सम्भव छैन

५० हजार बर्ग फुटमा फैलिएको उक्त भवनको सुरक्षा र सम्भारमा मात्रै हरेक वर्ष हजारौँ डलर लाग्दछ र भवन भत्काएर जमिनको मात्र मूल्य आउने र हालको मूल्यको तुलनामा त्यो निकै कम हुन् आउँछ

 त्यसैले अमेरिका उक्त भवन जतिसक्यो चाँडो बेच्न चाहन्छ, भारत सरकारले कुनै स्पष्ट कारण नबताइकन नै उक्त बिक्रीलाई अनुमति दिएको छैन

भवन बिक्रीपछि अमेरिकामा तीन राष्ट्रपति र भारतमा दुई प्रधान मन्त्री सरकारमा छन्, तर त्यो भवनको मामला सुल्झिएको छैन 

यो अमेरिकाको भारतसँगको सम्बन्धको एउटा पाटो हो

आफ्ना विदेशमन्त्रीको नियुक्तिलाई सदर वा वदर के गर्ने भन्ने उच्चस्तरीय सुनुवाईमा र अमेरिकाकोलागि एउटा महत्वपूर्ण राष्ट्रसँगको सम्बन्धमा सिनेटको प्राथमिकता यस्ता विषय पनि हुन सक्दछ भन्ने कुराको उदाहरण पनि हो यो

सोही सुनुवाईको क्रममा विभिन्न प्रश्नहरूको उत्तर दिने क्रममा ब्लिङ्केनले राष्ट्रपति ट्रम्पकोअमेरिका फस्टनीतिले उसका निकट मित्र र सुरक्षा गठबन्धनका राष्ट्रहरूलाई पर पारेकोमा त्यसको सट्टा उनीहरूसँग फेरी निकट रहने नीति त बताए तर चीनको हकमा ट्रम्पकै नीति सही रहेको र बाइडेन प्रशासनले सोही नीति अनुशरण गर्ने बताए

त्यसपछिको आजको दुई मुलुकको स्तरको सम्बन्धबारे यसै स्थानमा यही पङ्क्तिकारले धेरै लेखिसकेको छ

अव भारत चीन सम्बन्धमा प्रवेश गरौँ

 भारत र चीन वीच मोदी सरकारको पहिलो कार्यकालमा बाहिरबाट हेर्दा उम्दा राम्रो सम्बन्ध थियो

 प्रधानमन्त्री मोदीको कार्यकालको छ वर्षको अवधिमा दुई मुलुकमा र अन्तर्राष्ट्रिय मन्चहरूमा गरेर १८ पटक एक्लाएक्लै भेटघाट भएको थियो

मोदी सरकारको शुरूमा मोदी र सीवीच हार्दिक र मित्रतापूर्ण सम्बन्ध रहिरहेकै बेलामा सन् २०१५को अन्त्यतिर चीनको पहल र ठूलो लगानीमा चीनको शाङ्घाईमा स्थापित ब्रिक्स डिभेलप्मेन्ट बैंक ( हाल न्यू डिभेलप्मेन्ट बैंक)को अध्यक्षताको लागि भारतीय जनता पार्टीका चर्चित नेता र अर्थशास्त्रमा अन्तर्राष्ट्रिय स्तरमै विख्यात र प्रखर विद्वान डा. सुब्रमन्यम स्वामीलाई प्रधानमन्त्री मोदीले आग्रह गरेका थिए ()

विगतमा अमेरिकाको हार्वर्डमा प्राध्यापन गरेका डा. स्वामीलाई अमेरिकाका चीन विज्ञहरू र चीनमा कार्यरत उनका मित्रहरूले चीनको शासक समुदायमा भारत प्रतिको धारणा मित्रवत् नरहेको र दुई तीन वर्ष भित्र त्यो ठूलै द्वन्द्वमा रूपान्तरण हुन सक्ने सम्भावना बताइरहेकाले त्यस स्थितिमा आफूले सो जिम्मेवारी ग्रहण गर्न नसक्ने व्यहोरा भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्रीका निकट सहयोगी अमित शाहलाई बताए

तर विश्वभर अत्यन्त लोकप्रिय मोदीको कार्यकालमा त्यस्तो सम्भव नभएको बताएर अमित शाहले त्यसलाई अस्वीकार गरे ()

त्यसपछि जुनअगस्ट, २०१७मा ७३ दिन सम्म भुटानको १४ हजार फूटमाथिको डोक्लाम पठारमा भूभागमा भारत र चीनवीच धकेल मकेल चलिरह्यो

त्यसपछि गत वर्ष (२०२०) जुन १५ मा लद्दाखको विवादित क्षेत्र गल्वान उपत्यकामा दुई मुलुकवीच भएको भिडन्तमा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकहरूको हत्या भयो

सन् १९६२मा भएको चीनभारत युद्धपछिको उक्त गल्वान भीडन्त सवैभन्दा गम्भीर थियो र त्यसले आगामी धेरै वर्ष सम्मकोलागि भारतचीन सम्बन्धलाई निर्धारण गर्ने सम्भावना देखिएको छ

यहाँ एउटा सन्दर्भ जोडिन आउँछसन् १९४९मा चीनले तिब्बतलाई सेनाको बलमा आफूमा गाभेपछि भारत, नेपाल र भुटानको सीमामा चीन त आइपुग्यो नै, पाकिस्तानले षड्यन्त्रपूर्ण आक्रमणद्वारा नियन्त्रणमा लिएको जम्मु काश्मिरको () को कारण पाकिस्तानको सीमानामा चीन आइपुगेको छ, र सिन्जियाङ्लाई पनि तिब्बत जसरी नै चीनले नियन्त्रणमा लिएपछि अफगानिस्तानको सीमाना पनि चीन छ

 यसरी दक्षिण एसियामा अफगानिस्तान, भारत, भुटान, नेपाल,पाकिस्तान गरेर पाँच मुलुकसँग सीमाना जोरिएको र ती पाँच राष्ट्र मध्ये दुई राष्ट्र आणविक शक्ति सम्पन्न समेत भएका र भारत र भुटानसँग चीनको कुनै सीमा सम्झौता समेत हुन नसकेको अवस्थामा चीनको दक्षिण एसियाका मुलुकहरूसँगको सम्बन्धमा स्वाभाविक द्वन्द्व र जटिलताको स्थिति छ

यो जटिलताले भारत, चीन र पाकिस्तानको अमेरिकासँगको सम्बन्धमा समेत रणनीतिक द्वन्द्व र उतार चढावको स्थिति निर्माण गरेको छ

र गल्वान भीडन्त १९६२को चीनभारत युद्धपछिको सवैभन्दा खतरनाक मानिन्छ र त्यसले दुई मुलुक वीचको सम्बन्धलाई तनाव, द्वन्द्व र अविश्वासकोतल्लो विन्दुमा स्थापना गरेको छ

१. १९६२को चीन भारत युद्धको पृष्ठभूमि र नेहरू -आइजनहावर सम्बन्ध

 १९६२को युद्धअघि चीनले भारतमाथि आक्रमण गर्न सक्दछ भन्नेमा प्रधानमन्त्री नेहरूको पटक्कै विश्वास थिएन

 र त्यसको जायज कारणहरू पनि थिए

उदाहरणको लागि नोभेम्बर १९३८मा तत्कालीन बम्बैमा एउटा भाषणको क्रममा भारतीय स्वतन्त्रताको सीमा आफ्नो मुलुकको भौगोलिक सीमा भित्र मात्र सीमित नभएर चीनियाँ जनताको प्रजातन्त्रकोलागि भएको लडाईसँग पनि जोडिन पुग्नेने हरूले बताएका थिए ()

सो अघि भारतीय काङ्ग्रेस पार्टीले जापान विरूद्धको चीनको युद्धमा चीनियाँ कम्युनिस्टहरूकालागि औषधि र डाक्टरहरूको टोली पठाएको थियो र नेहरूले भारतीय जनताको तर्फबाट चीनियाँ जनताको पक्षमा आफ्नो समर्थन व्यक्तगर्न चीन भ्रमणगर्ने इच्छा व्यक्त गरेकाथिए

सोही क्रममा १९३९मा उनी चीन भ्रमणमा थिए

उनी चीन भ्रमणमा रहेकै बेलामा दोस्रो विश्व युद्ध शुरू भएकोले उनी माओको कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको स्थानमा पुग्न सकेनन्

उनी भारत फर्किए

जवाहरलाल नेहरूको मनमा चीनप्रतिको सद्भाव र विश्वास यति थियो कि जतिखेर पनि सन्दर्भ आउँदा उनी चीनलाई भारतको सवैभन्दा निकट र घनिष्ट मुलुक बताएर थाक्दैनथे ()

सन्दर्भमा दिइएको पुस्तकमा भासिनले १९६२को चीनभारतको युद्धको पृष्ठभूमिमा दुई मुलुकवीचको कूटनीतिक उहापोहहरूलाई स्पष्ट पारेका छन्

यहाँ पाकिस्तान र अमेरिकाको सन्दर्भ जोडिन आउँछ

डिसेम्बर १९५९मा ३४ सौँ अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजनहावर दक्षिण एसियाको भ्रमणमा आएका थिए

त्यो कुनै पनि अमेरिकी राष्ट्रपतिको दक्षिण एसियामा भएको पहिलो भ्रमण थियो

स्मरणीय छ, आफ्नो दोस्रो राष्ट्रपतित्वकालको समाप्तिपछि १८ औँ अमेरिकी राष्ट्रपति उलिस्सेस एस. ग्रान्ट मार्च १८७७मा आफ्नो अढाई वर्ष लामो विश्व भ्रमणमा निस्किएका थिए

हवाई जहाजको युग नआइसकेको त्यो समयमा एउटा जहाजमा उनले विश्व भ्रमण गरेका र सोही क्रममा ब्रिटिस महारानी भिक्टोरियादेखि जर्मन एकीकरणका महानायक अट्टोवान विस्मार्क देखि युरोप,अफ्रिका र एसियाका अधिकांश नेताहरूसँग वार्ता गरे

 सार्वजनिक समारोहहरूलाई सम्वोधन गरे

चीन भ्रमणपछि पहिलो पटक कुनै पश्चिमी राष्ट्रको नेताको रूपमा ग्रान्टले स्वीकार गरे भविष्यमा चीन संसारका सवै शक्ति राष्ट्रहरूका लागि चुनौती बन्ने सामर्थ्य राख्दछ

 भारत र चीन भ्रमणपछि जापान पुगेका ग्रान्टले भविष्यमा अमेरिकी विदेश नीति र रणनीतिको केन्द्र जापान हुने अनुभव गरे र त्यहाँ जापानी सम्राटको आतिथ्यमा तीन महिना विताएका थिए

आजको अमेरिकाजापान सम्बन्धको जग ग्रान्टले त्यतिखेर नै हालेका थिए

पूर्व राष्ट्रपति ग्रान्टको त्यो भ्रमणले विश्वव्यापी रूपमा अमेरिकी प्रभाव विस्तारमा पुर्याएको योगदान र अमेरिकी विदेश नीतिमा त्यसको प्रभाव अझै अनुभव गर्न सकिन्छ ()

त्यतिखेर पाकिस्तान अमेरिकी सैन्य सुरक्षा गठबन्धनसेन्टो र सियाटो (सेन्ट्रल ट्रिटी अर्गनाइजेसन र साउथ इस्ट एसिया ट्रिटी अर्गनाइजेसन) को सदस्य थियो र अमेरिकालाई आफ्नो पूर्वी (हाल बङ्गलादेश) र पश्चिमी पाकिस्तानको भूमिमा चीन र सोभियत सङ्घ (हाल रूस) लक्षित विभिन्न सैन्य गतिविधि संचालनगर्न दिएको थियो

….

राष्ट्रपति आइजनहावरकै कार्यकालमा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) को राजधानी ढाका नजिकको कुर्मीटोला सैनिक हवाई अड्डाबाट सिआइएले अमेरिकाको कोलोराडोमा प्रशिक्षित तिब्बती बिद्रोहीहरू (चलन चल्तीको भाषामा खम्पा बिद्रोही) लाई विमानद्वारा तिब्बतमा पुर्याउने गरेको थियो

हतियार र खाद्य सामग्री लगायत अन्य बन्दोबस्तीका सामानहरू पनि त्यसैगरी लगिने गरिएको थियो

१९६२मा चीनले भारतमाथि आक्रमण गर्नु अघि अमेरिका र सिआइएले आफ्ना त्यस्ता तिब्बत गतिविधिमा भारतलाई सहमत गराउन सकेको थिएन

सिआइएमा ३० वर्षसम्म उच्चाधिकारीको रूपमा कार्यरत एक दक्षिण एसिया मामिला विज्ञले आफ्नो एक पुस्तकमा तिब्बती विद्रोहीहरू , दलाई लामा र अमेरिकावीच त्यस्तो कुनै सम्बन्ध रहेको आशंका भारतीय प्रधानमन्त्री नेहरूलाई थियो तर पाकिस्तानले त्यसमा सहयोग पुर्याएकोबारे उनी (नेहरू)अनभिज्ञ रहेको हुनसक्ने उल्लेख गरेकाछन् ()

त्यति मात्रै होइन, राष्ट्रपति आइजनहावरको भारत भ्रमणको समयमा दलाई लामाले अमेरिकी राजदुतावाशमा राष्ट्रपतिसँग भेटघाटको समय मिलाइदिन आग्रह गरेका थिए तर नेहरूले अमेरिकी राजदुत एल्सवर्थ बङ्करलाई त्यस्तो भेटघाटले चीनलाई क्रुद्ध बनाउने हुँदा चीनसँग राम्रो सम्बन्ध विकासमा प्रतिवद्ध भारतले त्यसको अनुमति दिन नसक्ने बताएर त्यस्तो भेटघाटलाई रोकेका थिए (१०)

२. नेहरू, केनेडी , ग्याल्ब्रेथ र भारत चीन युद्ध

तिब्बतलाई चीनले नियन्त्रणमा लिँदा तिब्बतमा ब्रिटिस सरकारको पाला देखि ( १९०४ देखि ) भारतले उपभोग गर्दैआएको विशेषाधिकारको सवाल उठ्दा संसदमा प्रधानमन्त्री नेहरूले शक्तिशाली ब्रिटिस सरकारले कमजोर तिब्बतबाट फाइदा उठाउने क्रममा लिएको त्यस्तो विशेषाधिकारमा भारतको दावी नरहेको बताएका थिए (११)

तर नेहरूका निकट सहयोगी उनै मल्लिक अनुसार भारतले गरेको त्यस्तो अधिकार परित्याग कमजोरमित्र तिब्बतको पक्षमा नभएर बलवान र आक्रामक चीनको पक्षमा थियो

त्यति मात्रै नभएर ती अधिकारहरुलाई समग्र भारत र तिब्बतवीचको ब्रिटिस सरकारकै पालामा भएका सीमा सन्धि र सम्झौतासँग समेत जोडिएका सवाल थिए (१२)

स्मरणीय छ, नेपालले पनि तिब्बतमा त्यस्तै केही विशेषाधिकारहरू उपयोग गरिरहेको थियो र नेहरूले नेपाललाई पनि बिना शर्त आफूले उपभोग गरिरहेका त्यस्ता विशेषाधिकारहरू परित्याग गर्न दवाव दिएका थिए

चीनलाई सुरक्षा परिषदको स्थायी सदस्यता सहित राष्ट्र सङ्घमा ल्याउनु पर्ने कुरामा उनी अमेरिकी राष्ट्रपति लगायतका विश्व नेताहरूसँग वकालत गर्ने गर्दथे र चीनले भारत माथि आक्रमण गर्नेबारे आफूले सोच्नसम्म पनि नसक्ने बताउँदै आएका थिए

राष्ट्रपति आइजनहावर पछि जोन एफ. केनेडी अमेरिकाको राष्ट्रपति भए

केनेडी भारतप्रति नरम दृष्टिकोण राख्थे

भारतका ठूला प्रशंसक र विश्व अर्थतन्त्रका धुरन्धर ज्ञाता जोन केनेथ ग्याल्ब्रेथ भारतका लागि अमेरिकाका राजदुत थिए 

ग्यालब्रेथ अनुसार अत्यन्त कठिन र विषम स्थितिको भूगोलको कारण चीनले अक्साई चीनको भारतीय भूभागमा सडक बनाउन थालेकोबारे १९५७मा मात्रै भारत सरकारको जानकारीमा आयो (१३)

स्मरणीय छ, ब्रिटिस सरकारले भारतमाथि रूसको सम्भावित आक्रमण र अतिक्रमणलाई छेक्न कारकोरम र कुनलुन पर्वत शृंखलावीचको अक्साई चीन उत्तर सम्म भारतको सीमाना कायम गरेको थियो र चीन सरकारको असहमतिकै स्थितिमा तिब्बत सरकारसँगसो सम्बन्धी सम्झौता गरेको थियो

तत्कालीन भारतीय गुप्तचर विभागका प्रमुख बि.एन. मल्लिक अनुसार सन् १९५६५७मा अक्साई चीनको भूभाग भएर पश्चिम तिब्बतलाई सिञ्जियाङ्गसँग जोड्ने राजमार्ग निर्माण कार्य शुरू भएको र त्यसमा भारतको सीमानाको करीव १२०१३० किलोमिटर भित्रबाट सो राजमार्ग गएको उल्लेख गरेका छन् (१४)

१९५४ देखिनै विभिन्न चीनियाँ प्रकाशनहरूले अरुणाचल प्रदेश हुँदै भुटान, सिक्किम र लद्दाखको ठूलो भूभाग चीनको नक्सामा समावेश गरिएकोबारे १९५६मा भएको भारत भ्रमणको अवशरमा भारतीय प्रधानमन्त्री नेहरूले चीनियाँ प्रधानमन्त्री चाउ एनलाईको ध्यानाकर्षण गराउँदा पुराना चीनीयाँ नक्सा अनुसार ती छापिएका र शक्तिशाली साम्राज्यवादी शासनले कमजोर चीन र तिब्बतमाथि लादेको म्याकमोहन रेखा अनुसारको चीनभारत सीमाका बारेमा चीनको अप्रसन्नता रहेपनि उक्त सीमा एउटा यथार्थ भएकोले चीनले त्यसलाई स्वीकार गर्ने बताएका थिए (१५)

तर १९५८मा पनि चीनले फेरी पहिलाको जस्तै नक्सा आधिकारिक रूपमा छापेर भारतको करीव एक लाख ३४ हजार वर्ग किलोमिटर क्षेत्रफल भूभागलाई दावी गरेपछि प्रधानमन्त्री नेहरूले डिसेम्बर १४, १९५८मा लेखेको पत्रको उत्तरमा चीनियाँ प्रधानमन्त्री चाउएनलाईले जनवरी २३, १९५९मा लेखेको प्रत्युत्तर पत्रमा चीनले म्याकमोहन रेखालाई कहिल्यै मान्यता नदिएको, १९५४को वार्तामा सीमाको सवालमा चीनले आफ्नो कुरा प्रष्टसँग नराख्नुको अर्थ त्यतिखेर परिस्थिति परिपक्व नभएको र अक्साई चीन भएर गएको तिब्बतसिञ्जियाङ् राजमार्ग वरपरको भूभागलाई चीनले आफ्नो अविछिन्न भूभाग मानेको उल्लेख गरेका थिए (१६)

यिनै परिवेशमा तिब्बतमा चीनियाँ सेनाको रक्तपातपूर्ण दमनबाट जोगिन १५ दिन सम्म रातदिन गरेर हिमालय क्षेत्रका नदी, खोला, खोँच, डाँडा र पाखाका कठिन यात्रा पार गरेर ३१ मार्च १९५९का दिन दलाई लामा भारतको सीमा भित्र प्रवेश गरे (१७)

यहाँ अर्को विचारणीय पक्ष के पनि थियो भने चीन सिआइएको तिब्बत अभियानमा नेहरू पनि संलग्न रहेको विश्वासमा आफ्नो भारत रणनीति तय गरिरहेको थियो, तर भारत नभएर पाकिस्तान त्यसमा संलग्न रहेकोबारे चीन सोच्नै सकिरहेको थिएन

पाकिस्तान र भारतवीचको सम्वन्धको स्थितिमा चीनले पाकिस्तानलाई आफ्नो मित्र शक्ति मानिरहेको थियो

वामपन्थी पृष्ठभूमिका र चीनप्रति अत्यधिक सद्भाव राख्ने रक्षामन्त्री तथा भारतका दोस्रा सर्वाधिक शक्तिशाली व्यक्ति मानिने भी .के. कृष्णमेननका कुरामा नेहरू आँखा चिम्लिएर विश्वास गरिरहेका थिए

पछिल्ला दिनहरूमा चीन र भारतवीच विवाद र तनाव बढ्दै गइरहेको थियो

शक्ति राष्ट्रहरूका उच्च सुरक्षा र गुप्तचर अधिकारीहरू चीनले भारतमाथि आक्रमण गर्ने सम्भावना देखिरहेका थिए

त्यसबारे स्वयम् आफ्नै गुप्तचर विभाग र सेनाका उच्च सुरक्षा अधिकारीहरूको सुझाव र चेतावनीमाथि पनि नेहरूले ध्यानदिने आवश्यकता देखेका थिएनन् भन्नेबारे नेहरू निकट रहेर काम गरेका त्यस्ता उच्चाधिकारीहरूले आफ्ना सस्मरण र आत्मकथाहरूमा उल्लेख गरेकाछन्

 ३. चीन- भारत युद्ध, बेलायत र अमेरिका

 अन्तत: यिनै परिवेशमा रक्षामन्त्री कृष्णमेननको बारम्बारको अपमानपछि र चीनको सम्भावित आक्रमण विरूद्धको रणनीति र युद्ध नीति निर्माणका सवालमा प्रधानमन्त्रीले आफ्ना कुरा सुन्दै नसुने पछि १९६२को चीनभारत युद्धको केही महिना अघि भारतका विलक्षण सैन्य र नेतृत्व क्षमताका सेनाध्यक्ष जनरल के. एस. थिमैयाले राजिनामा गरे (१८)

कृष्ण मेनन माथिको नेहरुको अत्यधिक निर्भरता र विश्वासले गर्दा भारतले त्यस्तो युद्धको सामना गर्ने योजना, क्षमता र रणनीति कुनै तयार गरेको थिएन

कृष्ण मेननको कुरापत्याएर चीन हिमाल तरेर भारतमाथि आक्रमण गर्न आउन नसक्ने दावी नेहरूले गरिरहेका थिए

साँच्चै भन्नु पर्दा कृष्ण मेनन एक किसिमले हस्तिनापुरका शकुनीको जस्तै भूमिकामा थिए (१९)

तर अक्टोबर १९६२मा चीनले भारतमाथि आक्रमण गर्‍यो। (२०)

यहाँ के स्मरणीय छ भने भारतको चीन नीति निर्माणसँग शुरूदेखिनै मूख्यरूपमा जिम्मेवार प्रधानमन्त्री नेहरू , रक्षामन्त्री कृष्ण मेनन, विदेश सचिव के.पी. एस. मेनन र चीनका लागि भारतीय राजदुत के.एम. पन्निकर सवैजना चीनका उग्र प्रशंसक थिए

चीनको प्रशंसामा र पश्चिमी मुलुकहरूलाई खलनायकको रूपमा चित्रण गरेर (२१) बुनिएको भारतको विदेश नीति र रक्षा रणनीतिलाई चीनको आक्रामक रणनीतिसँग समायोजन गर्ने र सो अनुरूप नयाँ नीति र रणनीति निर्माण गर्न र सैन्य तयारी नभ्याउँदै र नसक्दै चीनले उक्त आक्रमण गरेकोले नेहरू सरकार किंकर्तव्यविमूढ बन्न पुगेको थियो

युद्ध शुरू भयो (२२ )

उक्त युद्ध सीमा क्षेत्रमा मात्र सीमित हुने अवस्था नभएर लद्दाख र अक्साई चीनलाई नियन्त्रण गरेर आसाम र बङ्गालसम्म चीनियाँ फौज आइपुग्ने स्थितिको पूर्वानुमानसँगै भारतले असंलग्नता परित्याग गरेर अमेरिकासँग विशाल परिमाणमा सैन्य सहयोग माग गर्‍यो। (२३)

स्मरणीय छ, सो अघि नेहरूले केनेडीलाई पठाएको एउटा गोप्य पत्रमा चीनियाँ आक्रमणलाई सामना गर्न र भारतीय सैनिकहरूलाई युद्धक विमान चलाउने प्रशिक्षण प्राप्त नहुन्जेल अमेरिकी सैनिकहरू सहितको बम वर्षक र अन्य युद्धक विमानहरू पठाउन अनुरोध गरेकाबारे भारतकालागि तत्कालीन अमेरिकी राजदुत जे.के. ग्यालब्रेथ र अमेरिकाका लागि भारतीय राजदुत बी. के. नेहरूले आफ्ना सस्मरणहरूमा उल्लेख गरेका छन्

आफ्नो दोस्रो राष्ट्रपतित्वकालको समाप्तिपछि १८ औँ अमेरिकी राष्ट्रपति उलिस्सेस एस. ग्रान्ट मार्च १८७७मा आफ्नो अढाई वर्ष लामो विश्व भ्रमणमा निस्किएका थिए । हवाई जहाजको युग नआइसकेको त्यो समयमा एउटा जहाजमा उनले विश्व भ्रमण गरेका र सोही क्रममा ब्रिटिस महारानी भिक्टोरियादेखि जर्मन एकीकरणका महानायक अट्टोवान विस्मार्क देखि युरोप,अफ्रिका र एसियाका अधिकांश नेताहरूसँग वार्ता गरे।

उक्त विमान र सैन्य सामग्रीहरू पाकिस्तान विरूद्ध प्रयोग नगरिने आश्वासन समेत नेहरूले ती पत्रहरू मार्फत केनेडीलाई दिएका थिए

तेस्रो विश्वका मुलुकहरू माझ अत्यन्त लोकप्रिय बन्दै गएका नेहरूलाई तेजोवध गर्न,

दक्षिण एसिया र खास गरेर पाकिस्तानसँग नयाँ रणनीतिक सम्वन्ध स्थापना गरेर क्षेत्रमा आफ्ना लागि अनुकूल भूराजनीतिक परिवेश निर्माण गर्न र, तिब्बतको विद्रोह सम्वन्धी गतिविधिमा भारतीय संलग्नताको आशंकामा भारतलाई तह लगाउने उद्देस्यले चीनले सो आक्रमण गरेको थियो

प्रधानमन्त्री नेहरू र तुलनात्मक रूपमा अमेरिका मैत्री मानिएका अर्थमन्त्री मोरारजी देसाइको तर्फबाट र अमेरिकी राजदुत ग्याल्ब्रेथहरूले राष्ट्रपति केनेडीलाई पठाएको र राष्ट्रपति, विदेश मन्त्री र रक्षामन्त्रीले मात्रै हेर्न सकिने उल्लेख भएको अत्यन्त गोपनीय पत्र र नेहरूको तर्फबाट लेखिएको अमेरिकी राष्ट्रपतिलाई लेखिएको अर्को पत्रमा तिब्बतमा मूख्य हवाई सैन्य केन्द्र कायम गरेर सिक्किम र भुटानको उत्तरमा आइपुगेको ठूलो सङ्ख्याको चीनियाँ सैन्यले उत्तर पूर्वी भारतका पूरै आसाम, नागाल्याण्ड, मणिपुर , त्रिपुरा र कश्मिरलाई नियन्त्रणमा लिन सक्ने महा त्राषदी र महाविपत्तिको अवस्था आइसकेको उल्लेख थियो (२४)

 ४. युद्धको कारण र परिणाम

 नेहरूले आफ्ना क्याबिनेटका सहयोगी समेतलाई विश्वास नगरेर केनेडीलाई पठाएको अत्यन्त गोपनीय पत्र देखेर अमेरिकाकालागि भारतीय राजदुत बी.के नेहरू तीनछक परे

प्रधानमन्त्री नेहरूले आफ्नो परराष्ट्र नीतिको मूल मर्मलाई नै परित्याग गरेर लेखेको उक्त पत्रलाई उनले त्यत्तिकै गोपनियताका साथ अमेरिकी राष्ट्रपतिलाई हस्तान्तरण गरे

राजदुत नेहरूको दृष्टिमा प्रधानमन्त्री नेहरू मनोवैज्ञानिक रूपमा समाप्त भइसकेका थिए (२५)

स्मरणीय छ, नेहरूले केनेडीसँग चीन विरूद्धको हवाई युद्धमा भारतसँग प्रशिक्षित हवाई सैनिक नभएकोले लडाकु विमान र अमेरिकी हवाई सेना समेत माग गरेका थिए सोही अनुरूप केनेडीले एउटा विशाल लडाकु विमान वाहक युद्धपोत पठाए अमेरिकी हवाई सेना शक्तिशाली जल सेना र युद्धपोत बंगालको खाडीमा प्रवेश गर्यो (२६)

अमेरिका र बेलायतले चीनलाई लक्ष गरेर ठूलोसङ्ख्यामा हवाई सेना सहित लडाकु विमान र युद्धपोत पठाएर चीनभारत युद्ध चीन, भारत,बेलायत र अमेरिकी युद्धमा रूपान्तर हुने अवस्था आएपछि चीनले एकाएक नोभेम्बर २१मा एकतर्फी युद्धविरामको घोषणा गर्यो

अरुणाचल प्रदेशमा आफूले नियन्त्रण गरेको सम्पूर्ण भूभागबाट पछि हट्ने निर्णय गर्यो तर लद्दाखको अक्साई चीन क्षेत्रको करीव ३८ हजार वर्ग किलोमिटर क्षेत्रलाई आफ्नै कव्जामा राख्यो

मध्य एसियाको प्रवेश मार्ग र काश्मिरको उत्तर पूर्वमा अवस्थित र भारतीय राजधानीमा सोझै प्रहार गर्न सकिने अत्यन्त ठूलो रणनीतिक महत्वको सो क्षेत्र चीनको तिब्बत र सिञ्जियाङ्को सुरक्षाको दृष्टिले समेत महत्वपूर्ण रहेको छ

एकातिर आफ्नो नियन्त्रणमा आएको ठूलो भूभागबाट चीन पछि हट्यो, अर्कातर्फ अत्यन्त ठूलो रणनीतिक महत्वको अपेक्षाकृत सानो क्षेत्र आफ्नै नियन्त्रणमा राखेर एकतर्फी युद्धविराम गर्‍यो।

ब्रुस रिडेल अनुसार त्यस्तो युद्ध विरामका कारणहरूमा एक त उच्च हिमाली क्षेत्रको कठोर धरातलमा संघारैमा आएको हिउँदमा युद्ध संचालनको कठिनाई, अमेरिका र बेलायतले ठूलो परिमाणमा उपलव्ध गराएको अत्याधुनिक लडाकु विमान , युद्धपोत सहितको विशाल सैन्य सहयोगको भूमिका त छँदै थियो, अर्को, विश्वमा आफू एक्लिएको तर आफ्नो प्रतिद्वन्द्वी भारत र त्यसका नेता नेहरू तेस्रो विश्वका एक छत्र नेताको रूपमा स्थापित भइसकेको सन्दर्भमा नेहरूलाई अपमानित गर्न र उनको त्यस्तो छविलाई ध्वस्त पार्न सकियो भने विश्वमा चीनको महत्व स्थापना हुन्छ भन्ने माओको विश्वास थियो (२७)

अर्को महत्वपूर्ण कारण दलाई लामालाई भारतले शरण दिएको र चीन विरूद्धको खम्पा लगायतका विद्रोही तिब्बतीहरूलाई भारत र सिआइएले सहयोग उपलव्ध गराइरहेको विश्वास माओलाई थियो

त्यतिखेर चीनियाँ परराष्ट्र मन्त्रालय पनि माओका उग्र प्रशंसक र अतिवादी कम्युनिस्टहरूको नियन्त्रणमा गएकोले माओ तथ्य र विवेकले भन्दा अतिवाद र आफ्नो देवत्वकरणमा मुग्ध थिए

त्यसैले पाकिस्तानले सिआइएलाई तिब्बतमा विद्रोही गतिविधि संचालन गर्न पूर्वी पाकिस्तानको भूमि उपलव्ध गराएकोलाई (२८) माओले बुझेनन् र उल्टो भारतले त्यस्तो सहयोग उपलव्ध गराएको भ्रम उनलाई उनका प्रशंसकहरूले पारिदिए र त्यही विश्वासमा भारतलाई तह लगाउने उद्देस्यले पनि उनले भारत माथि आक्रमण गरेका थिए

तर १९६२को युद्धपछि भने भारतले सिआइएलाई त्यस्ता गुप्त सैन्य गतिविधि संचालन गर्ने क्रममा भारतीय भूमि र सुविधा उपलव्ध गराएको देखिन्छ

कारण अर्को पनि छ त्यतिखेर माओको सोभियत नेता निकिता ख्रुश्चेभसँगको सम्बन्धमा तनाव बढ्दै गएको थियो

कतिपय अन्तर्राष्ट्रिय सवालमा नेहरू सरकार र ख्रुश्चेभकावीचमा विश्व मामिलामा एकातिर समान धारणा अभिव्यक्त हुने गरेको, अर्कातिर क्युबा सङ्कटले अमेरिका र सोभियत सङ्घ वीचको सम्बन्धमा झन्डै युद्धको स्थिति निर्माण भएको अवस्थामा अमेरिकाले चाहेर पनि भारतको पक्षमा हस्तक्षेप गर्न नसक्ने विश्वासले गर्दा चीनले भारतमाथि आक्रमण गर्ने समय जुराएको थियो

तर संसारको सवैभन्दा ठूलो प्रजातन्त्रमाथिको आक्रमणलाई नेहरूसँगको कतिपय नीतिगत मतभेदको स्थितिमा पनि अमेरिका र बेलायतले भारतलाई राजनीतिक समर्थन र सैन्य सहयोगलाई आफ्नो प्राथमिक दायित्वको रूपमा ग्रहणगरे

निश्चितरूपमा, भारत र नेहरूलाई सैनिक, मनोवैज्ञानिक र राजनीतिक रूपमा पराजित गर्न र अत्यन्त ठूलो रणनीतिक महत्वको भूभागलाई आफ्नो नियन्त्रणमा लिन माओ नेतृत्वको चीन सफल भयो

तर भारतसँगको युद्धलाई अमेरिका र बेलायतसँगको युद्धमा समेत रूपान्तर गरेर चीनको साम्यवादी सत्तालाई धरापमा पार्ने अवस्था पनि चीनले आउन दिएन

चीनले एकतर्फी युद्ध विराम घोषणा गरेपछि अमेरिकी र ब्रिटिस युद्ध पोत र लडाकु विमानहरू यथास्थानमा फर्किए

क्रमशः

स्रोत र सन्दर्भ सूची :

() जेफ्री गेटलम्यान, सुहासिनी राज र लारा जेक्स ( दी न्युयोर्क टाइम्स ) यु एस एण्ड इन्डिया स्पार ओभर मुम्बई मान्सन, जुलाई २९, २०२१.

() जेफ्री गेटलम्यान, सुहासिनी राज र लारा जेक्स, ऐजन

 () सुब्रमनियन स्वामीहिमालयन च्यालेन्ज : इन्डिया ,चाइना एण्ड दी क्वेस्ट फर पीस(२०२०) रूपा पब्लिकेसन्स, पृष्ठ ११६.

 () स्वामी, ऐजन पृष्ठ ११६११७.

 () विस्तारमा यसको जानकारीको लागि देश सञ्चारमा प्रकाशित यसै पङ्क्तिकारका लेख शृंखलाहरू हेर्नुहोसकेशवप्रसाद भट्टराई.कसरी जम्मुकश्मिर भारतमा विलय भयो?, भदौ १०, २०७६. . जम्मु काश्मिरमा भएको नेहरूको पराजय, देश सञ्चार, असोज ८, २०७६. ३ काश्मिर रणनीति: नेहरुदेखि मोदीसम्म असोज २६, २०७६.

() . एस. भासिननेहरू, तिबेत एण्ड चाइना (२०२१), पेङ्गुइनभाइकिङ्, पृष्ठ एक्स.एक्स. भी.

() . एस. भासिन , ऐजन ,पृष्ठ एक्स.एक्स. भी. आई.

() जोन रस्सेल यङ्ग लिखित अराउण्ड दी वर्ल्ड विथ जनरल ग्रान्ट (१८७९) र न्युयोर्क सब्स्क्रिप्सन बुक डिपार्टमेन्टद्वारा दुई खण्डमा प्रकाशित पुस्तकमा उक्त भ्रमणको विस्तारमा वर्णन गरिएको छ

() ब्रुस रिडलजेएफकेज फर्गटन क्राइसिस : टिबेट, दी सिआइए एण्ड दी सिनोइन्डियन वार ( २०१६) हार्पर कोलिन्स, पृष्ठ ३८.

(१०). ब्रुस रिडल, ऐजन

(११) नेहरू सरकारकै गुप्तचर विभागका प्रमुख बि. एन. मल्लिक लिखित माई डेज विथ नेहरू : दी चाइनिज बिट्रेयल (अल्लाइड पब्लिसर्सबम्बे,१९७१) , पृष्ठ १५५.

(१२) मल्लिक ऐजन

(१३) जोन केनेथ ग्याल्ब्रेथअ लाइफ इन आवर टाइम्समेमोइर्ज , बोस्टन , (हफ्टन मिफ्लिन कम्पनी, १९८१) पृष्ठ ४२३.

(१४) मल्लिक , ऐजन पृष्ठ २३२.

(१५) मल्लिक, ऐजन पृष्ठ २३३२३४.

(१६) मल्लिक , ऐजनपृष्ठ२३५,

(१७) सङ्क्षिप्तमा समसामयिक विश्व राजनीतिको परिदृश्यका साथै सो यात्राको पूर्ण विवरणको लागि हेर्नुहोस : टाइम (साप्ताहिक) दी दलाई लामा इस्केप्स फ्रम दी चाइनिज, अप्रिल २०, १९५९.

(१८) शिव कुनाल वर्मा : १९६२ दी वार द्याट वज नट ( २०१६) आलेफ बुक कम्पनीन्यु दिल्ली, पृष्ठ २६२८

 (१९). हेर्नुहोस पल. एम. मक्गार (२०११) “इन्डियाज रास्पुटिन? : भी के. कृष्ण मेनन एण्ड एङ्ग्लोअमेरिकन मिस्पर्सेप्सन्स अफ इन्डियाज फरेन पलिसी मेकिङ्ग,१९४७१९६४, डिप्लोमेसी एण्ड स्टेटक्राफ्ट , (रूटलेज) पृष्ठ २३९२६०.

(२०) सो युद्ध बारे विस्तारमा जानकारीको लागि हेर्नुहोस

नेभिल्ले म्याक्सवेल इन्डियाज चाइना वाररिभाइज्ड एण्ड अप्डेटेड (२०१५) नटराज पब्लिसर्स

शिव कुनाल वर्मा : १९६२ दी वार द्याट वज नट ( २०१६) आलेफ बुक कम्पनीन्यु दिल्ली

अर्जुन सुब्रमनियम : इन्डियाज वारअ मिलिटरी हिस्ट्री १९४७१९६२, (२०१६) हार्पर कोलिन्स पब्लिसर्स, इन्डिया

(२१) एन्ड्रयु जे. रटरकमरेड्स एट अड्स: दी युनाइटेड स्टेट्स एण्ड इन्डिया, १९४७१९६४ कोर्नेल युनिभर्सिटी प्रेस (२०००) पृष्ठ ७१७२.

(२२)सो युद्धको सन्दर्भमा समकालीन चीन , पाकिस्तान, सोभियत सङ्घ र अमेरिकाको भूराजनीतिक विश्लेषण र सम्बद्ध मुलुकहरूको कूटनीतिक रणनीतिक र कूटनीतिक सक्रियताहरूको जीवन्त वर्णन भारतका लागि अमेरिकी राजदुत तथा विख्यात अर्थशास्त्री जोन केनेथ ग्याल्ब्रेथको आत्मकथा जोन केनेथ ग्याल्ब्रेथअ लाइफ इन आवर टाइम्समेमोइर्ज , बोस्टन , (हफ्टन मिफ्लिन कम्पनी, १९८१) र उनको डायरीएम्बेसडर्स जर्नल:अ पर्सनल अकाउन्ट अफ दी केनेडी यर्स ( हटन मिफ्लिन कम्पनी , बोस्टन , १९६९)

(२३) (ग्याल्ब्रेथ, ऐजन, ४३९४४०) 

(२४) ब्रुस रिडेल, ऐजन, पृष्ठ१३६१३७.

(२५) डेनिस कक्सइन्डिया एण्ड दी युनाइटेड स्टेट्स : इस्ट्रेन्जड डेमोक्रेसिज १९४११९९१ , (नेसनल डिफेन्स युनिभर्सिटी प्रेस,वाशिंगटन,१९९३) पृष्ठ २०७.

(२६) कक्स, पृष्ठ २०७ र रिडेल,पृष्ठ १४१.

(२७) रिडेल, ऐजन पृष्ठ १४११४२.

(२८) क्यारोल म्याक ग्र्यानहानटिबेट्स कोल्ड वार : दी सिआइए एण्ड चुसी गाङ्ड्रुक रेजिस्टेन्स ( जर्नल अफ कोल्ड वार स्टडिज, हार्वर्ड एण्ड एम्.आई.टी,जुलाई २००६

केनेथ कोनबोई एण्ड जेम्स मोरिसनदी सिआइएज सेक्रेट वार इन टिबेट ( युनिभर्सिटी प्रेस अफ कनासस् २००२) पृष्ठ ७५.

 

भदौ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्