गाईजात्रा प्रहसन र पुराना कलाकारहरु

फाइल तस्बिर

गाईजात्रा ऐतिहासिक रुपले हर्दा प्राताप मल्लसँग जोडिन्छ भने हास्य कलाकारको चाहीँ नयाँ  हास्य व्यङ्ग्य प्रस्तुत गर्ने अवसर मानिन्छ।

गाईजात्रा प्रहसन सुरुसुरुमा चोक डबलीमा प्रदर्शन हुँदै आए पनि संगठित रुपमा २०३३ साल तिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा छरिएका हाँस्य कलाकारहरुलाई एक सुत्रमा बाँधि गाईजात्राको अवसरमा एक हप्तासम्म गाईजात्रा महोत्सव मनाएर प्रज्ञा प्रतिष्ठनको रंगमञ्चमा प्रहसन प्रदर्शन हुने व्यवस्था मिलायो ।

गाईजात्रामा प्रहसन प्रदर्शन गर्न पहिले सर्वजनिक सूचना निकालेर प्रहसनको लिखित रुप संकलन गरिन्थ्यो, अनि त्यसबाट छानिएकाहरु मध्यबाट छनोट प्रदर्शन गर्न बोलाइन्थ्यो । पहिलो छानौट प्रदर्शन पछि छानिएका प्रहसनहरुलाई पुनः अन्तिम छनौट गरिन्थ्यो ।

अन्तिम छनौट तह पार गरेका प्रहसनहरु रंगमञ्चमा प्रदर्शन हुन्थ्यो । त्यसबेला पहिलो प्रदर्शन राज परिवार तथा विशिष्ट व्यक्तिहरुका लागि हुन्थ्यो ।

हाँस्य व्यङ्ग्यको आफ्नै अनुशासन हुन्छ । व्यक्तिगत आक्षेप, अस्था माथिको व्यङ्गय, अस्लिलता, अपाङ्गताको नक्कल, व्यक्तिगत अक्षेप र कसैको नामै किटेर गरिने गाली गलैजलाई स्थान दिइन्न थियो अनि शुद्ध अन्तर हृदयबाट प्रष्फुटन भएको कलाको चमकता पाईन्थ्यो । प्रहसनमा चुट्कीलाहरु घुसाएर  हसाउँने प्रयास हुँदैन थियो ।

त्यसबेलाका ख्याती प्राप्त हास्यकलाकारहरुमा मैले जानेसम्म स्व.डा.धनन्जय रिमाल, लक्ष्मण लोहनी, माष्टर केशब, हाडापाल अर्थात ध्रुब हाडा र राजपाल थापा, गोपाल राज मैनाली, स्व. आनन्द थापा, सन्तोष पन्त, मदन कृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, राजाराम पौडेल, नरेन्द्र, लय संग्रौला, उज्जल घिमिरे, रविन्द्र खड्का, रमेश बुढाथोकी, रमेश के.सी. (रमेश मट्टारे), राजेन्द्र बस्नेत, स्व.रामकेशर बोगटी, श्याम के.सी., किरण के.सी., विष्णु तिवारी, बालकृष्ण तिवारी, उज्जल भण्डारी, शैलेश भण्डारी, साम्दे शेर्पा, उत्तम के.सी., कमल मैनाली, विजय मान्धर,  बिनोद ढुङ्गाना, बसन्त सापकोटा, ओममणी शर्मा निकै लोकप्रिय थिए ।

त्यतिबेला टेलिभिजन तथा सामाजिक संजाल थिएन र गाईजात्रा महोत्सव हेर्ने रंगमञ्चमै दर्शकहरुको घुइँचो लाग्थ्यो । २०४६ साल पछि प्रज्ञा प्रष्ठिानले गाईजात्रा महोत्सव आयोजना गर्न छोडे पछि व्यक्तिगत वा संस्थागत रुपमा आफूखुसी विभिन्न रंगमञ्चमा हास्य वयङ्गय प्रदर्शन गर्न सुरु भयाे । साहित्यका नवरस मध्ये हास्य रस बलियाे देखिन्छ। हास्य रसकाे स्थायी भाव हास्य हाे भने सञ्चारि भावमा हर्ष,बिनाेद, चपलता र कम्पन पर्दछन्। हास्य रसले मानिसमा हर्ष, बिनाेद, चपलता र कम्पन् पैदा गरि दिन्छ। हाल विद्युतीय माध्यमद्वरा हास्य व्यङ्गय प्रस्तुत गर्न थाले पनि हास्यव्यङ्गयले कायम गर्नु पर्ने अनुशासन कमै मात्र पालन भएकोले पाईन्छ। यस्मा सुधार हुने हो भने हास्य व्यङ्ग्यको उत्थान राम्रोसंग हुने देखिन्छ ।

भदौ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्