प्रदेश १ मा थपिए ६३९ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौँ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ५ सय ६५ जनाको पीसीआरमा ४ सय ३३ र १ हजार ७८ जनाको एन्टिजेन परिक्षणमा २ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा १ सय ५०, मोरङमा १ सय ३८, सुनसरीमा १ सय ५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा समान ३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा समान १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको हो।

झापाको विर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्धशान्तिमा समान ८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयले मोरङको विराटनगरमा ५१, सुन्दरहरैंचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा समान ३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा समान २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यसैगरि सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा समान २, गढी र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडीक्षेत्रतर्फ इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सुर्योदय र रोङमा समान १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १, भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा समान १, तेह्रथुमको आठराईमा २ र लाली गुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्वुमा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ।

यस्तै प्रदेशमा बिहीबार ५ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा २ सय ६३ महिला र २ सय ६५ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ महिला र ३ पुरुष गरी ९ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ।

भदौ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्