प्रमोद खरेलको ‘ए माया’ २४ घण्टा नपुग्दै ट्रेन्डिङमा

काठमाडौँ– गायक प्रमोद खरेलले गाएको गीत ‘ए माया’ अपलोड गरेको २४ घण्टा नपुग्दै १६ नम्बर ट्रेन्डिङमा आएको छ। सुनिल बिसिको शब्द र संगीतमा बनेको यो गीतलाई प्रमोद खरेलको यूट्यूब च्यानलबाट अपलोड भएको हो।

गीतको भिडियोमा बिछोडको कथा छ। विक्रम बुढाथोकि, उषा उप्रेती र राजन आलेको भिडियोमा मुख्य भूमिका रहेको छ। समाचार तयार पार्दासम्म १ लाख ७५ हजारभन्दा धेरैले हेरिसकेका छन्।

भदौ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्