इन्टर मिलानको लगातार दोस्रो जित

साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा जितको यात्रा कायम राखेको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई ३–१ ले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा थप खेलाडीको रुपमा मैदान छिरेका वाकिन कोरेयाले अन्तिम समयमा गरेको दुई गोल निर्णायक बन्यो । उनलद्दे ८३ र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा गोल गरेका हुन् ।
१५ औँ मिनेटमा इलिकले गोल गरेर हेलास भेरोनालाई सुरुवाति अग्रता दिलाएका थिए । ४७ औँ मिनेटमा मार्तिनेजले इन्टर मिलानका लागि बराबरी गोल फर्काए ।
बराबरीको अवस्थामा रहेको इन्टर मिलानका लागि अन्तिम समयमा वाकिनले गरेको गोल निर्णायक बनेको हो ।