भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

धनगढी – बैतडीमा हत्या गरिएकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार एक कार्यक्रमबीच आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभ र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अस्ट्रेलिया उपलब्ध गराएको दुई लाख सत्तरी हजार आठ सय चालिस रुपैयाँ मुख्यमन्त्री भट्टले पीडितका आफन्तलाई हस्तान्तरण गरे।

विकासमा सिर्जनशीलता नेपाल सिआइडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए।

भदौ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्