
स्टार स्ट्राइकर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन-पिएसजीबाट लागि आइतबार डेब्यु गर्ने सम्भावना देखिएको छ। घरेलु लिग फुटबलअन्तर्गत आइतबार राती रिम्सविरुद्ध हुने खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरिएको छ। टोलीमा समावेश गरिनुले उनको डेब्युको सम्भावना देखिएको हो। मेस्सीलाई आबद्ध गरेयता पीएसजीले दुई खेल खेलेपनि यीनमा मेस्सीलाई टोलीमा समावेश गरिएको थिएन।
मेस्सी सुरुवाति टोलीमा समावेस हुने वा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने भन्ने निश्चित दुवै पीएसजीले निश्चित गरेको छैन। प्रशिक्षक माउरिसिओ पाेकेतिनाेको टोलीमा रहेर १५ दिन प्रशिक्षण गरेपछि मेस्सी डेब्युका लागि तयार भएका हुन्।
जुलाईको दोस्रो साता सम्पन्न कोपा अमेरिकायता मेस्सीले नखेलेकाले उनले पीएसजीमा आबद्ध भएर पनि डेब्युका लागि केही समय लिएका हुन्।
स्पेनिस क्लब बार्सिलोनाका लागि १७ वर्ष खेलेपछि गत महिना मेस्सी त्यहाँबाट बाहिरिएका हुन्। उनले आफ्नो करियरमा हालसम्म क्लब फुटबल बार्सिलोनाबाहेकबाट खेलेका छैनन्। पिएसजीले यो सिजन घरेलु लिगमा खेलेका सबै तीन खेल जितेको छ। तुलानात्मकरुपमा कमजोर प्रतिद्धन्द्धीसँग खेलिरहेकाले शानदार जित हात पारिरहेको छ।
मेस्सीले यो खेलपछि अर्जेन्टिनाका लागि खेल्नेछन्। सेप्टेम्बरको दोस्रो साता उनी क्लब फुटबलमा फर्कने छन्।