राप्ती नदीमा पानीको सतह चेतावनी तह भन्दा माथि, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

दाङ – लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले चेतावनी तह पार गरेको छ ।

राप्ती गाउँपालिका–१ बगासोतीमा रहेको जलमापन केन्द्रले बिहान ६ बजे तिर गरेको मापनको क्रममा नदीमा पानीको बहाव चेतावनी तह पार गरेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

नदीको तटीय क्षेत्रमा डुबानको खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सतर्क रहन अपिल गरेका छन् ।

राप्ती जलाधार क्षेत्र अन्तर्गत पर्ने दाङका चार स्थानीय तहका अधिकांश वडा डुबानको जोखिममा छन्। माथिल्लो पहाडी क्षेत्रमा पानी परिरहेकाले तल्लो तटिय क्षेत्रमा बाढीकाे खतरा छ ।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्