‘रियलमी सी२० र रियलमी सी२१ सार्वजनिक

काठमाडौँ – रियलमी ब्राण्डले आफ्नो ‘रियलमी सी२० र रियलमी सी२१ लन्च गरेको छ। कम्पनीले दराज अनलाइनबाट दुवै स्मार्टफोन ‘प्री–बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कम्पनीका अनुसार सेप्टेम्बरदेखि नेपालभर उपलब्ध हुनेछ।

३२ जीबी मेमोरी, २ जीबी र्याम भएको रियलमी सी२० को मूल्य १२ हजार ८ सय ४९ रहेको कम्पनीले जनाएको छ।

यस्तै ६४ जीबी मेमोरी, ४ र्याम भएको रियलमी सी२१ स्मार्टफोनको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्