प्रदेश १ मा गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लाका २ महिला र ८ पुरुषको संक्रमणबाट मृत्यु भएको हो।

यस क्रममा मोरङ, सुनसरी र इलाममा समान २ जना, झापा, उदयपुर, सोलुखुम्बु र पाँचथरमा समान १ जनाको मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म ६ सय ३९ महिला र १ हजार २ सय ६२ पुरुष गरी कुल १ हजार ९ सय १ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी, मन्त्रालयले गत २४ घण्टामा ५ सय ७४ जनामा कोरोना संक्रमण भएको जनाएको छ। प्रदेशमा विभिन्न प्रयोगशालामा गरिएको १ हजार २ सय ८१ जनाको पीसीआर परीक्षणका क्रममा ४ सय १० र ७ सय ५८ जनाको एन्टिजेन परीक्षणमा १ सय ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १ सय ७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा समान २, ताप्लेजुङ र तेह्रथुममा समान १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।

झापाको बिर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा समान १०, बुद्धशान्ति र कमल गाउँपालिकामा समान ९, बार्‍हदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बूढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा समान २, रतुवामाई र लेटाङमा समान १ जनामा संक्रमण पुष्टि भएको छ। सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा समान ३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयले प्रदेशको पहाडी क्षेत्रतर्फ इलामको सूर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा समान २, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेकामा समान १, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेकामा समान ११, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङलुङमा समान १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको जनाएको छ। अर्कोतर्फ, प्रदेशमा सोमबार ३ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९० महिला र १ सय ९८ पुरुष छन्।

भदौ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्