युएस ओपनः एण्डी मुरे पहिलो चरणबाटै बाहिरिए

बेलायती एण्डी मुरे युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । उनी विश्व नम्बर तीन ग्रीक खेलाडी स्टेफानोस सित्सिपाससँग पराजित भएका हुन् ।

न्यूयोर्कमा भएको खेलमा सित्सिपासले मुरेलाई २–६, ७–६(९–७), ३–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

यस्तै महिला एकल तर्फ पूर्व विश्व नम्बर एक सिमोना हालेपले ग्राण्डसलाममा विजयी सुरुवातको क्रम फेरि थालेकी छन् । उनले कमिला गिओर्गीलाई ६–४, र ७–६ (७–३) को सेटमा पराजित गरेकी हुन् ।

भदौ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्