अफगानिस्तान संकट

ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान हुँदैछः अमेरिका

काबुलमा भएको ड्रोन आक्रमणपछिको अवस्था ।

अफगानिस्तानको राजधानी काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आफूले गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान भइरहेको अमेरिकाले जनाएको छ ।

आइतबार अमेरिकी सैनिकले काबुल विमानस्थल नजिक आइतबार ड्रोन आक्रमण एकै परिवारका १० जनाको ज्यान गएको उनीहरुका आफन्तले बताएका छन् । मारिनेमा ६ जना बालबालिका रहेको बताइएको छ ।

सोमबार काबुल विमानस्थलमा केही रकेटहरु प्रहार भएका थिए । त्यसमा आफू जिम्मेवार रहेको इस्लामिक स्टेट–के ले बताएको छ ।

अमेरिकाले आइतबार आइएस–के का आक्रमणकारी सवार सवारी साधानलाई लक्षित गरेर ड्रोन आक्रमण गरेको बताएको थियो । सो आक्रमणमा सर्वसाधारण मारिएको कुरा अस्वीकार गर्न नसकिने र त्यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

अमेरिकी सैनिक कमाण्डरले सर्वसाधारणको मृत्युमा आफ्नो ड्रोन आक्रमण भन्दा पनि निशाना बनाइएको सवारी साधानमा रहेको बिस्फोटक पदार्थ कारक हुन सक्ने दाबी गरेका छन् ।

तर ड्रोन आक्रमणमा मारिनेमा दुई वर्षकी बालिका पनि रहेको आफन्तले बताएका छन् ।

अमेरिकी सैनिक २० वर्षे युद्ध अन्त्यको घोषणा गर्र्दै स्वदेश फर्किएको छ।

भदौ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्