ग्रिजम्यान फेरि एथ्लेटिको मड्रिडमा

ला लिगा च्याम्पियन एथ्लेटिको मड्रिडले एन्टोनिओ ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको छ ।

एथ्लेटिकोले ग्रिजम्यानलाई एक वर्षको लोनमा ल्याएको हो । ग्रिजम्यान सन् २०१९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए । उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड स्ट्रर्लिङ्ग तिरेको थियो ।

उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका यसअघिको बसाईमा । एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक तिर्नु पर्ने छ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नु पर्ने छ ।

बार्सिलोनामा ३० वर्षका ग्रिजम्यानले १०२ खेलमा ३५ गोल गरेका छन् । आर्थिक रुपमा संघर्ष गरिरहेको बार्सिलोना यो सिजन छोड्ने ग्रिजम्यान ११ औँ खेलाडी हुन् ।

भदौ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्