युएस ओपनः स्वेरेभको विजयी सुरुवात

चौथो बरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभले युएस ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् । २४ वर्षका स्वेरेभले अमेरिकी खेलाडी साम क्वेरीलाई सीधा सेटमा पराजित गरेका हुन् ।

सन् २०२० को प्रतिस्पर्धामा फाइनलमा पुगेका २४ वर्षे स्वेरेभले क्वेरीलाई ६–४, ७–५ र ६–२ को सेटमा पराजित गरेका हुन् । स्वेरेभ पहिलो ग्राण्डसलाम उपाधिको खोजीमा छन् ।

उनले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । स्वेरेभले ओलम्पिक सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचलाई पराजित गरेका थिए ।

यस्तै महिला एकल तर्फ विश्व नम्बर एक एश्ली बार्टीले भेरा स्भोनारेभालाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेकी छन् । विम्बल्डन च्याम्पियन बार्टीले स्भोनारेभालाई ६–१ र ७–६ (९–७) को सेटमा पराजित गरेकी हुन् ।

भदौ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्