धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर बारामा एकजनाको मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्ज – बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर सिम्रौनगढ नगरपालिका–४ गङानगर बस्ने ४८ वर्षका तेजालालप्रसाद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै धान खेतमा काम गरिरहेका बेला करेन्ट लागेर उनको ज्यान गएको हो । खेतमा पानी लगाउनका लागि मोटरमा जोडिएको करेन्ट लागेको हो ।

यादवको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

भदौ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्