वीरगञ्जमा कोरोना सँक्रमित युवकको मृत्यु

सांकेतिक तस्बिर।

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराई रहेको एक कोरोना सँक्रमित युवकको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ३३ वर्षका युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा.उदय नारायण सिँहले जानकारी दिए ।

युवकमा गत भदौ १० गते कोरोना सँक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिनदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान पौने २ बजे मृत्यु भएको सिँहले बताए ।

मृतक केहि दिन अघि मात्रै काठमाडौंबाट घर फर्किएका थिए । उनमा निमोनिया देखिएको थियो । पछिल्लो केही दिनदेखि वीरगञ्ज लगायत पर्सा जिल्लामा कोरोना सँक्रमितहरुको सँख्या धेरै घटेको छ ।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्