प्रचण्ड–नेपाल छलफलमा, सरकार बिस्तार र भावी राजनीतिक सहयात्रा प्रमुख विषय

काठमाडौँ – सत्ता गठबन्धनका नेताहरु मन्त्रीपरिषद् बिस्तारबारे छलफलमा जुटेका छन्।

अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ।

दुई नेताबिच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भइरहेको हो । उनीहरुबिच सरकार बिस्तार र भावी राजनीतिक सहयात्राबारे छलफल भइरहेको छ।

यसअघि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको थियो।

भदौ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्