काठमाडौँ– भारतविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले १–१ को बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।

खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

कोरोना महामारीका बीच रंगशालामा दर्शकको समेत उपस्थित रहेको थियो। नेपाल फुटबल संघ (एन्फा) भने फिफाको मापदण्ड पालना गरेर दर्शकलाई रंगशालामा प्रवेश दिइएको दावी गरेको छ।