रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा सात नम्बरकै जर्सी लगाउने

क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा सात नम्बरकै जर्सी लगाउने भएका छन् । उनी हाल इटालियन क्लब युभेन्टसबाट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आएका हुन् ।

म्यानचेस्टर युनाइटेडले रोनाल्डोले सात नम्बरकै जर्सी लगाउने पुष्टि गरेको हो । एडिन्सन काभानीले लगाउँदै आएको सात नम्बरको जर्सी अब रोनाल्डोले लगाउने भएका हुन् ।

काभानीले अब २१ नम्बरको जर्सी लगाउने छ । रोनाल्डोले सन् २००९ मा रियल मड्रिड जानु पूर्व पनि युनाइटेडमा सात नम्बरकै जर्सी लगाएका थिए ।

३६ वर्षका रोनाल्डोले पाँच दिनको आइसोलेशन सकेपछि प्रशिक्षण थाल्ने छन् । निलम्बनका कारण पोर्चुगलले उनलाई बिहीबार अन्तर्राष्ट्रिय जिम्मेवारीबाट चाँडो मुक्त गरेको हो । उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता (पुरुष तर्फ) को कीतिैमान बनाएका छन् ।

भदौ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्