नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोमा

काठमाडौँ – नेपाल र भारतबिच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ । म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबिच सहकार्य भएको छ।

विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने छन्।

कसरी हेर्ने फुटबलको लाइभ?

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सक्ने छन् । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नु पर्ने छ ।

त्यसपछि टिकेट खरिद गर्ने पेज खुल्छ । त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राखेर टिकेट खरिद गरेपछि ‘वाच नाव’मा थिच्नु पर्छ ।

यो सबै प्रक्रिया पूरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ । सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ ।

प्रत्यक्ष प्रसारण लिंक : https://bit.ly/3yH0P51

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्