गृहमन्त्री खाँणद्वारा कोसी कटान क्षेत्रको निरीक्षण

फाइल तस्बिर।

उदयपुर – गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुरको बेलका नगरपालिका–८ स्थित कोसी कटान क्षेत्रको निरीक्षण गरेका छन्।

गृहमन्त्री खाँणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। सो अवसरमा उनले कोसी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नयाँ योजना र कार्यक्रम ल्याउने बताए।

बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोसी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नुपरेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किमि लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोसी कटानका कारण विस्थापित हुने अवस्थामा पुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए।

कटानबाट बर्सेनि यो क्षेत्र संकटमा पर्दै गएका बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्