डब्लुएचओको क्षेत्रीय कार्यकारी बैठक भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ। बैठक भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो।

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारी, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौनरोग उन्मूलनलगायत विषयमा छलफल हुनेछ।

यस्तै, बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाबारे पनि छलफल हुनेछ।

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ। दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश छन्।

भदौ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्