टिग्रे क्षेत्रमा पछिल्लो समय साढे पाँच हजार भन्दा बढी लडाकु मारिएः इथियोपियन आर्मी

इथियोपियाको आर्मीले टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) का पाँच हजार ६ सय भन्दा बढी सदस्या मारिएको दाबी गरेको छ ।

टिग्रे क्षेत्रमा भएको भिडन्तको क्रममा टिपिएलएफका सदस्यहरु यति ठूलो संख्यामा मारिएको दाबी आर्मीले गरेको हो । गएको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा भिडन्त जारी छ ।

आर्मीका शीर्ष जनरल बाच डेबेलेले जारी गरेको वक्तव्यमा टिग्रेका पाँच हजार ६०० भन्दा बढी सदस्य मारिएको बताए पनि कुन अवधिमा भन्ने खुलाएका छैनन् । तर पछिल्ला भिडन्तहरुमै उनीहरु मारिएको हुन सक्ने बताइएको छ ।

आर्मी जनरलले टिपिएलएफका थप २३ सय लडाकु घाइते भएको र दुई हजारलाई नियन्त्रणमा लिएको पनि बताएका छन् । जारी हिंसाका कारण टिग्रे क्षेत्रका लाखौँ मानिस खोकमरीको चपेटामा आएका छन् ।

भदौ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्