काठमाडौँ – सोमबार बिहान परेको भारी वर्षाले नेपालका धेरै स्थान डुबानमा पार्यो। बागमति खोला उर्लेर आएपछि काठमाडौँका विभिन्न ठाउँ पनि डुबानमा परेको थियो।

विशेषगरी भारी वर्षाले बाग्मति किनारमा रहेको टेकुको सुकुम्बासी बस्तीलाई डुबायो। यहि बागमति खोलाले बल्खुको तरकारी बजारलाई पनि चुर्लुम्म डुबाएको छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बाढीले समस्यामा पारेको यी क्षेत्रका तस्बिरहरु खिचेका छन्।