इन्द्रजात्राका लागि सफाइ गरिँदै छ गद्दी बैठक (तस्बिरहरु)

काठमाडौँ – भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने इन्द्र जात्राको तयारीका लागि सरसफाइ गरिँदै छ। यस वर्ष इन्द्रजात्रा असोज ३ गते पर्छ।

इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।

यसलाई नेवारी भाषामा येँया पुन्हि पनि भनिन्छ।

तस्बिरमा इन्द्रजात्राका लागि हनुमानढोकास्थित गद्दी बैठकभित्र सरसरफाइ तथा रंगरोगन गरिरहेको देख्न सकिन्छ।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

भदौ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्