उच्च भावनात्मक तीक्ष्णता भएका मानिसका १२ व्यवहार

धेरै मानिसले ‘आई क्यु’लाई बौद्धिकताको महत्वपूर्ण सूचक मान्ने गरेका छन्। के यो साँच्चै हो त?

केही अध्ययनहरुका अनुसार भने भावनात्मक तीक्ष्णता (इमोसनल इन्टिलिजेन्स) को अझ धेरै महत्त्व छ। भावनात्मक तीक्ष्णताको अर्थ आफ्नो लगायत अरुको पनि भावना बुझ्नु, नियन्त्रण गर्नु र मूल्याङ्कन गर्नु हो। यस प्रकारको ज्ञानको अर्थ तपाईँको भावनाबारे थाहा नै नदिई कसैलाई कसरी प्रतिक्रिया दिने भन्ने हो। यसको अर्को अर्थ कसैले अरुको भावनालाई नियन्त्रण गर्न सक्दैनन् भन्ने पनि हो।

डेभिड कारुसोले भनेका छन्, ‘यो बुझ्न जरुरी छ कि भावनात्मक तीक्ष्णता भनेको बौद्धिक तीक्ष्णताको विपरित होइन। यो मस्तिष्कमाथि मुटुको आवाज होइन, यो दुवैको मिलन हो।’

उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुले समाजमा आवश्यक थुप्रै योगदान दिन सक्छन्। संवेदनशील तथा भावनात्मक मानिसहरुलाई अक्सर समाजमा कमजोर तथा अनुत्पादकका रुपमा चित्रण गरिन्छ। तर उनीहरुका भिन्न विशेषताहरु हुन्छन्। उनीहरुसँग मानिसको मुटुलाई हेर्ने क्षमता हुन्छ र असमझदारीलाई पनि सहज बाटो प्रदान गर्छन्। भावनात्मक तीक्ष्णताले हाम्रो समाजमा कम महत्व पाएको छ। तर समानुभूति (इम्प्याथी) विना हाम्रो संसार चल्दैन।

मनोवैज्ञानिक ड्यानियल गोलमेनले लेखेको किताब इमोसनल इन्टिलेजेन्स ह्वाइ इट क्यान म्याटर मोर द्यान आइक्वुमा यदि समानुभूति छैन भने कुनै पनि ज्ञानको महत्व हुँदैन भनेर उल्लेख गरिएको छ।

उच्च भावनात्मक तीक्ष्णता भएका मानिसका १२ व्यवहार:

१) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुमा उच्च स्वचेतना हुन्छ।

— डा.गोलमेनका अनुसार कसैमा भावनात्मक तीक्ष्णता कति छ भनेर थाहा पाउन पहिलो संकेत उसमा भएको स्वचेतना नै हो। उच्च भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुले आफ्नो भावनाहरुलाई नजिकबाट नियाल्न सक्छन् र आफ्ना प्रतिक्रियाहरुलाई अरुको सामु नियन्त्रण गर्नसक्छन्। भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुले आफ्ना भावनाहरुलाई ध्यान दिन्छन् त्यसैले उनीहरुले कुनै पनि कुरालाई आफ्नो महशुसका आधारमा प्रतिक्रिया जनाएर गलत निर्णयहरु लिँदैनन्। उनीहरुले आफुलाई राम्रोसँग चिन्छन् र त्यही अनुसार कुनै पनि व्यक्तिहरुसँग आफ्नो सीमा पार गर्दैनन् ताकि उनीहरुले सबैसँग राम्रो सम्बन्ध राख्न सक्छन्।

२) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुसँग आफ्नो भावनाहरु नियन्त्रण गर्न सक्ने खालको क्षमता हुन्छ।

—उनीहरुले आफ्नो भावनाहरुलाई राम्रो या नराम्रो केही तुलना नगरी सजिलै आउन र जान दिन सक्छन। मानवीय स्वभावका कारण हामीसँग अस्थिर भावनाहरु आउने र जाने क्रम जारी नै हुन्छ, हामीले आज दुख महशुस गरेका छौँ भने भोलि खुशी हुन पनि सक्छौँ।

यति जान्दाजान्दै, भावनात्मक रुपमा स्मार्ट व्यक्तिहरुले बाहिर देखाउने व्यवहार भिन्न र शान्त हुन्छ भित्री रुपमा उनीहरुलाई जे भएपनि।

भावनात्मक नियमन भावनात्मक रुपमा स्मार्ट व्यक्तिको महत्वपूर्ण गुण हो किनकी आफ्नो भावनालाई नियन्त्रण गर्ने क्षमता भएन भने कोही पनि व्यक्ति आफ्नो वरिपरि भइरहेको अराजकताको शिकार हुन्छ।

३) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु आफैँद्वारा उत्प्रेरित हुन्छन्।

—उच्च भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु आफुलाई पीडित बनाउन चाहँदैनन। उनीहरु आफ्नो जीवन र स्थितिको लागि पूर्ण जिम्मेवार हुन्छन्। उतारचढावमा आइराख्ने भावाहरुलाई उनीहरु आफ्नो लक्ष्यमा बाधा बन्न दिँदैनन्। उनीहरु कुनै थकान विना नै लामो समय आफ्नो काममा ध्यान दिन सक्छन्।

धेरै मानिसहरु साना कुराहरुले असहज महशुस गर्छन किनकी उनीहरुको दिमागले सोच्न छोडदैन। तर भावनात्मक रुपमा तीक्ष्ण व्यक्तिलाई यस्तो कुरामा कसरी सजग रहने यस्तो कुरामा भनेर राम्रोसँग थाहा हुन्छ।
यसको मतलब यो होइन कि भावनात्मक तीक्ष्णताले नराम्रो दिनहरुबाट बचाउँछ तर यसले कुनै पनि भावनाहरुबाट छिट्टै बाहिर आउन मद्धत गर्छ।

४) भावनात्मक रुपमा तीक्ष्ण व्यक्तिहरुसँग समानुभूति हुन्छ।

—भावनात्मक रुपमा तीक्ष्ण व्यक्तिहरु हामीले भेटेमध्ये बढी समानुभूति भएका केही व्यक्तिहरुमध्ये पर्छन्। समानुभूति भनेको कुनै पनि व्यक्तिले कस्तो महशुस गर्छ भनेर थाहा पाउने र त्यसँग आफूलाई जोड्न सक्ने क्षमता हो। उच्च भावनात्मक तीक्ष्णता भएकाहरुले अरुले कस्तो महशुस गर्छन् भनेर निगरानी गर्छन् र आफू वरिपरि भएका व्यक्तिहरुलाई राम्रो महशुस गराउन प्रयास गरिरहन्छन्। उनीहरु संवेदनशील तथा निगरानी गर्ने स्वभाव भएका कारण पनि उनीहरुसँग कुराहरु सेयर गर्न खोज्ने व्यक्तिहरुले उनीहरुलाई खोज्छन्। ५) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुसँग उत्कृष्ट कुराकानी गर्ने क्षमता हुन्छ।

—भावनात्मक र समानुभूति भएका व्यक्तिहरु अन्तर्मुखी र असामाजिक हुन्छन् भने आम धारणा भए पनि भावनात्मक तीक्ष्णता भएका मानिसहरुसँग उत्कृष्ट कुराकानी गर्न सक्ने कौशल हुन्छ। उनीहरु कुनै पनि विषयको मुल जडमा तुरुन्त पुग्न सक्छन किनभने उनीहरु गहिरा विषयहरुबाट भाग्दैनन्।

उनीहरु अरुलाई उठाउन र उत्प्रेरित गर्न मद्दत गर्छन्। समस्याहरुलाई अवलोकन गर्ने र त्यसलाई समाधान गर्न पनि सक्ने क्षमता राख्ने भएकाले भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुमा उत्कृष्ट नेतृत्व लिन सक्ने क्षमता हुन्छ।

६) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु कुनै पनि वातावरणमा छिटै नै घुलमिल हुन सक्छन्।

—उच्च भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु जुनसुकै समयमा जोसुकैसँग पनि मिल्न सक्छन्। चाहे उनीहरु भर्खरै कुनै नयाँ जागिरका लागि गएका छन् या कुनै नयाँ ठाउँमा बसाइँ सरेका छन्, जहाँ गएपनि सकारात्मक मानसिकता राख्न सक्छन्।

किनकि उनीहरुलाई थाहा हुन्छ जीवनमा भएका सबै कुराहरुले हाम्रो भित्री भावनात्मक अवस्थालाई झल्काउँछ। त्यसैले उनीहरु सकारात्मक बस्न सक्दो प्रयास गर्छन्।

७) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु परफेक्ट हुन चाहँदैनन्।

— आफ्ना भावनाहरुबारे स्वचेतना भएका व्यक्तिहरुले बुझ्छन् कि पर्फेक्ट हुन खोज्दा थकान र दुख मात्र निम्तिन्छ। उनीहरु बुझ्छन् कि कुनै कुरामा असफल हुनु भनेको प्रयास नै नगर्नुभन्दा धेरै हो। किनभने उनीहरुले यसको प्रक्रियामा नै धेरै पाठहरु सिक्न सक्छन्। नयाँ अवसरहरुबाट टाढा रहनु भनेको कहिले सिक्ने मौका नपाउनु हो। उनीहरु सधैँ आफुहरुलाई सुधार्ने कोशिसमा हुन्छन् त्यसैले उनीहरु असफलताको डरलाई आफ्नो बाटोमा बाधा उत्पन्न गराउँदैनन्।

उच्च भावनात्मक तीक्ष्णता भनेको आफ्नो साथसाथै अरुको पनि भावनाकोबारेमा सचेत हुनु हो। आफ्नो भित्री मनलाई महसुस गर्नुहोस्,तपाई ज्ञानको एक नयाँ संसारमा पुग्नुहुनेछ जसले तपाईको लागि धेरै नयाँ ढोकाहरु खुल्नेछन्। यदि कोहीसँग यस्ता सिपहरु छैनन् भने पनि त्यो प्राप्त गर्न सकिनेछ।

८) स्वस्थ जीवनशैलीले कसरी आफ्नो भावनालाई फाइदा पुर्‍याउँछन् भनेर भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुले बुझेका हुन्छन्।

— भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुले सामान्यतया स्वस्थ जीवनशैली अपनाउँछन्। किनकी उनीहरुले यो बुझेका छन् की आफ्नो ख्याल नगरी सन्तुलित मानसिकता हुँदैन।

उनीहरु चाँडै सुत्छन्, ध्यान गर्छन्, तनाव व्यवस्थापन गर्छन्, कसरत गर्छन्, स्वस्थ खाना खान्छन् र अरुसँग दयाको भावना देखाउँछन्। उनीहरु आफ्नो भित्री र बाहिरी दुवै स्वास्थ्यको ख्याल गर्छन्। यी अभ्यासहरुले आफ्नो भावनाहरुलाई बुझ्न मद्धत गर्छ।

९)भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु कृतज्ञता व्यक्त गर्दछन्।

—उच्च भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरुको जीवनको बारेमा छुट्टै दृष्टिकोण हुन्छ। उनीहरुलाई जीवनमा कसरी राम्रो कुराहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने थाहा हुन्छ ताकि दिमागमा सबै सकारात्मक कुराहरु मात्र केन्द्रित होस्।

१०) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु निकै लामो समय सम्म पनि एक कार्यमा मात्र केन्द्रित रहन सक्छन्।

—उनीहरुको दिमागमा नानाथरी कुराहरु खेलिरहे पनि उनीहरु त्यो कुरालाई वेवास्ता गरेर सही काममा आफ्नो ध्यान केन्द्रित गर्न सक्छन्।

उनीहरुसँग आफ्नो भावनाहरुलाई नियन्त्रण गर्न र व्यवस्था गर्न सक्ने क्षमता हुन्छ। त्यसैले उनीहरु थकान तथा अल्छीपनलाई आफ्नो लक्ष्यबाट टाढा राख्न खोज्छन्।

यदि उनीहरु तनावमा छन् भने सक्दो आफूलाई कसरी खुशी बनाउन या सन्तुलित बनाउन सकिन्छ त्यही गर्न थाल्छन्। र तुरुन्तै काममा फर्किहाल्छन्। कुन समयमा आफूलाई ब्रेक दिने भनेर उनीहरुलाई राम्रोसँग थाहा हुन्छ।

११) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु रचनात्मक हुन्छन्।

—उनीहरुसँग एक विशिष्ट रचनात्मक काम नहुन सक्छ तर उनीहरु आफ्ना भित्री क्षमतालाई आफूले काम गरेको क्षेत्रमा प्रयोग गर्छन्। उनीहरु जीवनमा रचनात्मक स्वभावलाई उयोग गर्छन र समस्याहरुलाई सामना गर्छन। एक राम्रो नेतासँग हुनुपर्ने खुबीसँग यसलाई जोड्न सकिन्छ किनभने यी क्षमताहरु कर्मको संसारमा उपयोगी हुनसक्छ।

१२) भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु सजिलै अपमानित हुन्नन्।

—उनीहरुसँग आफ्नो बारेमा राम्रो धारणा हुने भएकाले जो कोही व्यक्तिहरुसँग पनि उनीहरुले आफ्नो सीमा निर्धारण गरेका हुन्छन्। त्यसैले उच्च भावनात्मक तीक्ष्णता भएका व्यक्तिहरु सजिलै अपमानित हुँदैनन्। अरुले आफ्नो बारेमा के सोचिरहेको छ र के महसुस गरेको छ भनेर उनीहरुलाई थाहा हुन्छ। त्यसैले उनीहरुलाई जुनसुकै कुराले असर पुर्‍याउँदैन। उनीहरुले आफ्नो भित्री मनलाई सुन्छन्।

समग्रमा भन्नु पर्दा उच्च भावनात्मक तीक्ष्णता भनेको आफ्नो साथसाथै अरुको पनि भावनाकोबारेमा सचेत हुनु हो। आफ्नो भित्री मनलाई महसुस गर्नुहोस्,तपाई ज्ञानको एक नयाँ संसारमा पुग्नुहुनेछ जसले तपाईको लागि धेरै नयाँ ढोकाहरु खुल्नेछन्। यदि कोहीसँग यस्ता सिपहरु छैनन् भने पनि त्यो प्राप्त गर्न सकिनेछ। सचेतना र अरुका लागि करुणा देखाउँदा पनि भावनात्मक तीक्ष्णता बढाउन सकिन्छ।

(पावर अफ पोजिटिभिटीबाट साभार)

भदौ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्