बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालगञ्ज– बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन्।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन्। कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ।

जिल्लामा बुधबार १३ जना संक्रमित थपिएका छन्। त्यसमा बाँके जिल्ला निवासी आठ जना रहेका छन्। बुधबार बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी छन्।

जिल्लाका तीन वटा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालमा ३५ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा एकजना र बागेश्वरी ल्याबमा नौ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना पुष्टि भएको छ।

जिल्लामा ९८ जना सक्रिय संक्रमित छन्। १४ जना सिकिस्त, १५ जना सामान्य र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

भदौ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्