युएस ओपन टेनिसः स्वेरेभ पुगे सेमिफाइनलमा

ओलम्पिक च्याम्पियन एलेक्सान्डर स्वेरेभ युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्।

दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई सीधा सेटमा पराजित गरेर स्वेरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

चौथो बरियताका २४ वर्षे जर्मन खेलाडी स्वेरेभले ७–६ (८–६), ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

स्वेरेभले सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन सक्ने छ । जोकोविचले सेमिफाइनल प्रवेशका लागि मातेओ बेरातेनीसँग प्रतिस्पर्धा गर्दै छन्।

ओलम्पिकको सेमिफाइनलमा स्वेरेभले जोकोविचलाई पराजित गरेका थिए । गएको वर्ष स्वेरेभ अस्ट्रियाका डोमिनिक थिएमसँग पराजित भएर युएस ओपनको उपविजेतामा सीमित भएका थिए ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्