विश्वकप छनौटमा जर्मनीको शानदार जित

विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० ले पराजित गरेको छ । जर्मनीको जितमा एन्टोनिओ रुडिगर, टिमो वेर्नर, लिरोय साने र सर्गेई ग्नाब्रीले गोल गरे ।
ग्नाब्रीले चौथो मिनेटमा गोल गरि जर्मनीलाई सुरुवाति अग्रता दिलाए । रुगडिगरले २४ औँ मिनेटमा अग्रता दोब्बर पारे । सानेले ५६ औँ तथा वेर्नरले ८८ औँ मिनेटमा गोल गरेका हुन् ।
बुधबार राति भएका अरु खेलमा स्पेनले कोसोभोलाई २–०, बेल्जियमले बेलारुसलाई १–०, ग्रीसले स्वीडेनलाई २–१, अल्बानियाले सान मारिनोलाई ५–० तथा हंगेरीले एन्डोरालाई २–१ ले पराजित गरेका छन् ।
उत्तरी मेसोडोनिया र रोमानिया, उत्तरी आयरल्याण्ड र स्वीट्जरल्याण्ड तथा वेल्स र इस्टोनियाले गोलरहित र पोल्याण्ड र इंग्ल्याण्ड तथा अर्मेनिया र लिचेस्टाइनले १–१ को बराबरी खेलेका छन् ।