एमसिसी उपाध्यक्ष सुमार विमानस्थलबाट निस्कँदा विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) विरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन भएको छ ।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार विमानस्थलबाट बाहिरिने क्रममा स्वतन्त्र राष्ट्रिय अभियानमा आवद्ध स्वागत नेपालसहितले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नो एमसिसी’ टिसर्ट लगाएर प्रदर्शन गरेका हुन् ।

एमसिसी उपाध्यक्ष फातिमा सुमार । तस्बिर : बर्षा शाह/देश सञ्चार

एमसिसी उपाध्यक्ष सुमारसहितको टोली बिहीबार बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरि त्यसको केही समयपछि बाहिरिएका थिए ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्