उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो ।

बुधबार भएको आगलागी अग्निनियन्त्रकले आधा घण्टाभित्रै नियन्त्रणमा लिएका थिए । स्वास्थ्य मन्त्री वेन्को फिलिपेले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्