कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज

काठमाडौँ – कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।

कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना महामारीका अवस्थामा गर्न नहुने जिकिर गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो।

बिहीबार महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा रोक्न उचित नहुने ठहर गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो।

मंसिरमा हुने १४औँ महाधिवेशनका लागि भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएको छ। वैद्यले महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने भएकाले अधिवेशन एक वर्ष सार्न माग गरेका थिए।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्