एमसिसी उपाध्यक्ष सुमारसहितको टोलीले नेता नेपाललाई भेट्यो

काठमाडौँ- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

सुमार, सहउपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेपाललाई समाजवादीको संसदीय दलको कार्यालयमा भेट गरेको हो। नेपालसँग फातिमा भेटमा समाजवादीका नेताहरु गंगालाल तुलाधार, प्रमेश हमाललगायत सहभागी भएको भेटमा सहभागी थिए।

नेपालले सुमारसँग राष्ट्रहित विपरीत, स्वार्थ घुसेर आउने सहयोग नचाहिने बताएका थिए। यद्यपि सुमारले एमसिसीमा कुनै स्वार्थ, सैन्य नीतिको अंश नभई विशुद्ध आर्थिक सहयोग भएकाले स्वीकार गर्न आग्रह गरेकी थिइन्। भेटमा सहभागी नेता गंगालाल तुलाधरका अनुसार नेपालले विस्तृत अध्ययन गरेर, सत्ता गठबन्धनमा छ्लफल गरेर अघि बढ्ने बताएका थिए।

बिहीबार बिहान नै काठमाडौँ ओर्लिएकी सुमारले दिउँसो बालकोट नै पुगेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्।

सुमारसहितको टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्