क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही हुन्छः राष्ट्र बैंक

फाइल तस्बिर।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ।

केन्द्रीय बैंकले बिहीबार सूचना प्रकाशन गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरूपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनी रूपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने, गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिन सक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ।

भदौ २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्