बसन्त चौधरीलाई केएलएफ अवार्ड

काठमाडौं – भारतको कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड’ नेपालका साहित्यकार वसन्त चौधरीले पाउने भएका छन्। विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष दिइने केएलएफ बुक अवार्ड यस वर्ष चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ लाई दिइने घोषणा गरिएको हो।

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी, अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिकलगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।

स्वतन्त्र अवार्ड छनोट समितिबाट छानिएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मिरञ्जन परिदाले विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान अवार्ड प्रदान गरिँदै आएको स्पष्ट पारे।

कलिंग लिटररी फेस्टिबल अन्तर्राष्ट्रियस्तरमै चर्चित साहित्य महोत्सवसमेत हो। यो महोत्सव प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको सहरले चिनिने भूवनेश्वरमा आयोजना गरिँदै आएको छ।

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्