साफ च्याम्पियनसिपको तयारी गर्न कतार लाग्यो नेपाली फुटबल टोली

काठमाडौँ – आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ।

कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ। माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ।

नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना  भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन।

भदौ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्