महानायक राजेश हमाल दम्पती लिटमस केबलको ब्राण्ड एम्बेसडर नियुक्त

काठमाडौँ – लुम्बिनी विद्युत उद्योग प्रालिले नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ।

दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक राजेश एवं मधुको उपस्थिति हुनेछ।

लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कनन्डक्टर स्टिल रिइनफोर्सड (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो।

कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।

चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एड्भान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको जनाएको छ।

यससँगै कम्पनीले आफूलाई नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको दावी गरेको छ।

‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई गुणस्तरमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोगसमेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएका छौं’, कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।

त्यस्तै महानायक हमालले ब्राण्ड एम्बेसडरमा नियुक्त गर्नुअगाडि कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल गरेको जानकारी दिए।

‘वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं’, उनले भने।

कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले गर्दै आएको छ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्