अस्पतालमा नक्कली बम राख्ने तीन युवक पक्राउ

शंकास्पद बम डिस्पोजल गर्न पुगेको सेनाको टोली। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ- राजधानीको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्यहाँ कार्यरत डाक्टरसँग अवैध असुली गर्ने नियतले तीनजनाले उक्त आँखा अस्पतालमा नक्कली बम राखेका थिए।

प्रहरीले  उक्त घटनामा संलग्न भएको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई फुटुङ बस्ने २५ वर्षका आशीष कुँवर, उनका भाइ २० वर्षका अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिकाका ४० वर्षीय अम्बरबहादुर रोका मगरलाई पक्राउ गरेको हो।

उक्त अस्पतालमा आँखा जाँच्न जाने क्रममा आशीषले घटनाको योजना बनाएका थिए।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्