विनाइजाजत ल्याइएको औषधि प्रहरी नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले विनाइजाजतपत्र ल्याइएको करिब साढे १३ लाख बरारबको औषधि नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट ना३ ख १३३५ नम्बरको ट्रकमा उक्त औषधि बरामद गरेको हो।

औषधि बोकेको ट्रक चेकजाँच गर्दा पोलिबियोन २५० एमएल सिरप ७ सय ८६ कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। औषधि आयात गर्नको लागि आवश्यक पर्ने इजाजत प्राप्त चिकित्सकको स्वीकृतिपत्र नभएकाले औषधिसहित ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनका अनुसार ट्रकका चालक वीरगञ्ज महानगरपालिका–२ बस्ने ३० वर्षीय सरोज मियाँलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग वीरगञ्जमा पठाइएको छ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्