मेरो गीत छायांकनअघि शब्द देखाउन आदेश आएको छ: भिटेन

काठमाडौँ– र्‍यापर भिटेन (समिर घिसिङ) ले आफ्नो प्रोजेक्ट सार्वजनिक गर्नुपूर्व सरकारको स्वीकृति लिनुपर्ने सन्देश आएको जानकारी दिएका छन्।

आफूले चलाउने आधिकारिक इन्स्टाग्राममा स्टोरी राखी उनले कुनै पनि गीत अथवा प्रोजेक्ट सार्वजनिक गर्नुपूर्व शब्दहरु पठाउन पर्ने र त्यसको बारेमा स्पष्टीकरण दिनुपर्ने बताइएको उल्लेख गरेका छन्।

भिटेनको इन्स्टाग्राम स्टोरी अनुसार उनले सरकारको अनुमतिपछि मात्रै आफ्नो प्रोजेक्ट सार्वजनिक गर्न पाउनेछन्। उनले व्यक्तिगत अधिकार कहाँ छ? भन्दै प्रश्न गरेका छन्।

उनको गीतको भिडियोमा गाडी जल्दै गरेको भिडियो बनाउनुपर्ने र त्यसको लागि सरकारको अनुमति चाहिने र अनुमति लिनको लागि गीत सुनाउनुपर्ने र हरेक शब्द–शब्द हेर्नुपर्ने भनिएको बताएका छन्।

उनले आक्रोश पोख्दै गीतको शब्द हैन भाव बुझ्नुपर्ने भन्दै अनुमतिबिना छायांकन गर्ने बताएका छन्।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्