बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ

काठमाडौँ– बैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहँदै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ घर भइ हाल काठमाडौँको बुढानिलकण्ठ–९ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई काठमाडौँको सुन्दरीजलबाट पक्राउ गरिएको हो।

पाटन उच्च अदालतले उनलाई चेक बाउन्स मुद्दामा २०७७ चैत २८ गते सात दिन कैद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्