साताको तेस्रो दिन शेयर बजार घट्यो

सांकेतिक तस्बिर।

काठमाडौँ– साताको दुई दिन बढेको शेयर बजार आज मंगलबार घटेको छ। सोमबार झिनो अंकले घटेको शेयर बजार आज १८.५४ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १८.५४ अंकले ओरालो लागेर २ हजार ९ सय २९.२८ विन्दुमा ओर्लिएको छ।

शेयर बजार ०.६३ प्रतिशतले घट्दा २ हजार ९ सय २९.२८ विन्दुमा ओर्लिएको हो।

आज १ करोड ६३ लाख ९ हजार ८ सय २६ तित्ता शेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैययाँमा कारोबार भएको नेप्सेले जनाएको छ। आज हिजोको तुलनामा शेयर कारोबार पनि घटेको छ। हिजो ९ अर्बसम्म कारोबार भएको शेयर बजार आज ५ अर्बमा झरेको छ।

आज सबै समूह राताम्मे छन्। यानिकी सबै समूह घटेका छन्। सबैभन्दा बढी निर्जिवन बीमा समूह २७७.८६ अंकले घटेको छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्