बाइडेनले ह्ववाइट हाउसमै भेट्दैछन् यी चार नेता

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्रीसँग भेट गर्ने भएका छन्।

राष्ट्रपति बाइडेनले जापानका प्रधानमन्त्री सुगा योसिहिदे, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइटहाउसमा भेट गर्न लागेका हुन्।

अमेरिकी राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै सेप्टेम्बर २४ मा राष्ट्रपति बाइडेनले उनीहरुलाई भेट्न लागेको जानकारी दिएकी छन्।

उनीहरुबीच कोभिड नियन्त्रण, जलवायु परिवर्तन, साइबर स्पेशमा सहकार्य तथा स्वतन्त्र प्रशान्त क्षेत्र बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्