८५ जना सहसचिवको सरुवा

काठमाडौँ – सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ।

सरकारले विभिन्न सेवाका सहसचिवहरुको सरुवा गरेको हो।

अधिकांशलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तहमा पठाएका छन्।

देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक सहसचिवहरुको सरुवा गरिएको हो।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्