एमसिसीकी उपाध्यक्ष सुमारको भ्रमणमा अवरोध र विरोध गर्ने ११ जना चार दिनदेखि थुनामा

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका बेला अवरोध र विरोध गर्ने ११ जनालाई प्रहरीले चार दिनदेखि थुनामा राखेको छ। अधिवक्ता स्वागत नेपाल, आफुलाई सामाजिक अभियन्ता दावी गर्ने पुण्य गौतमसहित ११ जना थुनामा रहेका हुन्।

प्रहरीले उनिहरुविरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएर उनिहरुलाई थुनामा राखिएको हो। भदौ २६ गते अनामनगरमा प्रदर्शन गरिरहेका नेपाल, नरेन्द्र मैनाली र गौतमलाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाल र मैनाली सिंहदरबार प्रहरी वृतमा छन् भने गौतमलाई बानेश्वर वृतमा राखिएको छ। यसैगरि मेरियट होटलमा सुमार जान लाग्दा अवरोध गर्ने ८ जनालाई भदौ २५ गते पक्राउ गरिएको थियो। उनिहरु सबै दरबारमार्ग वृत्तमा छन्।

सुमार फर्किसकेपनि प्रहरीले उनिहरुलाई हिरासतमै राखेको छ। गृह मन्त्रालयको निर्देशनपछि उनिहरुलाई थुनामा राखिएको बुझिएको छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्