स्वयम्भूमा बोक्सी भन्दै महिलामाथि कुटपिट, श्रीमानसहित ४ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं- ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन्।

भदौ २० गते ललितपुरको लुभुकी ३० वर्षीया महिलालाई उनका श्रीमानले स्वयम्भूमा झारफुकको काम गर्दै आएका दीपेन्द्रकुमार थिङको घर लगेका थिए। झारफुक गर्ने क्रममा थिङले ती महिलामा बोक्सी उत्रिएको भन्दै निर्घात कुटपिट गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन्। पाण्डेले चलाउने गरेको ट्याक्सीमा राखेर ती महिलालाई धामीकोमा पुर्‍याइएको थियो।

कुटपिट हुँदा आरोपित चारैजना घटनास्थलमा रहेको बताइएको छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्