एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।

सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो।

बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो। एमालेबाट विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १४ जना सांसद छन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्