ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

काठमाडौँ– सरकारले डा. प्रमोद जोशीलाई राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा नियुक्त गरेको छ।

हाल ट्रमा सेन्टरको निर्देशक रह‍ेका डा. सन्तोष पौडेललाई कान्तिबाल अस्पताल सरुवा गरेर डा. जोशीलाई ट्रमाको निर्देशक बनाइएको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्। डा. जोशी हाडजोर्नी रोग विशेषज्ञ हुन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्