लुकाकुको गोलमा चेल्सीको विजयी सुरुवात

रामेलु लुकाकुले गरेको एक मात्र गोलको सहयोगमा चेल्सीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

लिग अन्तर्गत समूह एच मा रहेको चेल्सीले मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जेनित सेन्ट पिटर्सबर्गलाई १–० ले पराजित गरेको हो ।

चेल्सीको जितमा ६९ औँ मिनेटमा लुकाकुले गरेको गोल नै निर्णायक बन्यो । उनी यहि सिजन इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्