च्याम्पियन्स लिगमा युभेन्टसको विजयी सुरुवात

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । अवे मैदानमा भएको खेलमा समूह एच मा रहेको युभेन्टसले माल्मोलाई ३–० ले पराजित गरेको हो ।

युभेन्टसका लागि २३ औँ मिनेटमा लोबो सिल्भा, ४५ औँ मिनेटमा पाएको पेनाल्टीमा पाउलो डिबाला र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटाले गोल गरेका हुन् ।

मंगलबार राति भएका अरु खेलमा सेभिल्ला र आरबी साल्जबर्गले १–१, डिनामो किएभ र बेन्फिका तथा लिले र वुल्भ्सबर्गले गोलरहित तथा भिल्लारियल र एट्लान्टाले २–२ को बराबरी खेलेका छन् ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्